२२ बैशाख २०८१, शनिबार

एसपीपीका सम्बन्धमा सदनलाई जानकारी गराउन सभामुखको रुलिङ


अग्नि सापकोटा प्रतिनिधिसभाको बैठक

काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले एसपीपीका सम्बन्धमा सदनलाई जानकारी गराउन नेपाल सरकारलाई रुलिङ गरेका छन् ।

प्रतिनिधि सभाको बिहीबारको बैठकको शुन्य तथा बिशेष समयमा बोल्दै सांसदहरुले अमेरिकी स्टेट पार्टनरशीप प्रोग्रामका(एसपीपी)को विषय उठान गरे पछि सभामुख सापकोटाले उक्त विषयमा आफ्नो ध्यानाकर्षण भएको बताउँदै एसपीपीको सम्बन्धमा नेपाल सरकारले गरेको निणर्य र त्यस्को कार्यान्वयको अवस्थाका बारेमा सदनलाई जानकारी गराउन रुलिङ गरेका हुन् ।

रुलिङ गर्दै सभामुख सापकोटाले भने, ‘माननीय सदस्यज्यूहरुले उठाउनु भएको एसपीपीको सम्बन्धमा मेरो ध्यानाकर्षण भएको छ । सो सम्बन्धमा सरकारले गरेको निणर्य र त्यस्को कार्यान्वयनको अवस्थाका सम्बन्धमा जानकारी गराउन नेपाल सरकारलाई निर्देश गर्दछु ।’

यसैबीच, प्रतिनिधि सभाको आजको बैठकको शुरुमा सांसदहरुले शुन्य तथा विशेष समयमा बोल्दै समसामयिक विषयमा सभामुख मार्फत समसामयिक विषयमा सदन तथा सरकारको ध्यानाकर्षण गराएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !