९ जेष्ठ २०८१, बुधबार

राप्रपाको एजेण्डा : शासकीय स्वरूप प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र निर्वाचन प्रणाली पूर्ण समानुपातिक


राप्रपाको केन्द्रीय कार्यसमिति बैठक फाइल फोटो

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको एजेण्डा अघि बढाएको छ । राप्रपाको केन्द्रीय कार्यसमिति बैठकमा शासकीय स्वरूप प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र पूर्ण समानुपातिक निर्वाचन प्रणालीबारे छलफलको एजेण्डा पनि अघि सारेको हो ।

आजदेखि सुरू भएको राप्रपा केन्द्रीय कार्यसमितिको बैठकमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र पूर्ण समानुपातिक निर्वाचन प्रणालीबारे छलफल जारी रहेको हो । राप्रपाले यो केन्द्रीय समितिको बैठकबाट शासकीय स्वरूप र निर्वाचन प्रणालीबारे निर्णय लिने तयारी गरेको हो ।

आजै केही समयअघि बसेको केन्द्रीय कार्यसम्पादन समितिले शासकीय स्वरूप र निर्वाचन प्रणालीबारे केन्द्रीय समिति बैठकमा छलफल गर्न प्रस्ताव पेश गर्ने निर्णय गरेको थियो । राप्रपाको केन्द्रीय समितिको बैठक भोलि शुक्रबारसम्म चल्नेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !