९ जेष्ठ २०८१, बुधबार

संसद्मा महतको प्रश्न- एउटा कुखुराको चल्ला हराउँदा खोजी हुने गरेपनि एम अधिकारी को हुन् ?


संसदमा गजेन्द्र महत

काठमाडौँ । संघीय संसद्अन्तर्गतको प्रतिनिधिसभाको आजको बैठकमा एम अधिकारीको बारेमा खोजी गर्न प्रश्न उठेको छ । सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र) का सांसद गजेन्द्र महतले एम अधिकारी हराएकोमा कसैले चिन्ता नगरेको भन्दै व्यंग गरेका हुन् ।

उनले सरकार र प्रतिपक्ष कसैले पनि हराएको एम अधिकारी खोज्न पहल नगरेको भन्दै अब अधिकारी थर भएका मानिसहरुलाई खोज्न लगाउन आग्रह समेत गरे । सांसद महतले एउटा कुखुराको चल्ला हराउँदा खोजी हुने गरे पनि एम अधिकारी को हुन् भन्ने बारेमा हालसम्म पनि खोजी हुन नसकेकामा गुनासो गरे ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नै एम अधिकारी भएको भन्दै विद्यार्थी तथा युवाहरुले आन्दोलन गरिरहेको उनले बताए । नेकपा (एमाले)को अर्थ तथा योजना विभागका सदस्य रहेका एम अधिकारी हराइरहेको भन्दै उनले खोजी गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !