१४ बैशाख २०८१, शुक्रबार

प्रतिनिधिसभाबाट नागरिकता विधेयक बहुमतले स्वीकृत


प्रतिनिधिसभाको बैठक

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९’लाई बहुमतले स्वीकृत गरेको छ ।
प्रतिनिधि सभाको हिजो बिहीबारको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

नागरिकता विधेयक माथिको सैद्धान्तिक छलफलमा सांसदहरुले बोल्नेक्रम हिजोको बैठकमा नसकिएकाले छलफल आज पनि चलेको थियो । उक्त विधेकलाई स्वीकृत गर्नु पूर्व दुई दिनसम्म चलेको छलफलमा सांसदहरुले उठाएका प्रश्नहरुको गृहमन्त्री खाणले जवाफ समेत दिएका थिए ।

विधेयक माथिको आजको छलफलम भाग लिंदै सत्तारुढ दल नेपाली काँग्रेसकी सचेतक पुष्पा भुसाल गौतमले लामो समय देखि नागरिकता विधेयक पारित हुन नसक्दा थुप्रै नेपाली नागरिकहरु नागरिकता बिहीन अवस्थामा रहनु परेको तीतो ययार्थ स्वीकार्दै नागरिकता विधेयकलाई छिटो भन्दा छिटो पारित गर्नुपर्ने बताएक थिइन् ।

उनले नागरिकता विधेयक पारित भइसके पछि कार्यविधि र नियमावली बनाएर सहज तरिकाबाट नागरिकहरुले नागरिकता लिन सक्ने व्यवस्था गर्न सरकारसँग माग समेत गरिन् । छलफलमा उठेका प्रश्नहरुको जवाफ दिंदै गृहमन्त्री खाणले संविधानले व्यवस्था गरे बमोजिम सबै नागरिकले नागरिकता पाउने सुनिश्चितताका लागि यो नागरिकता विधेयक ल्याइएको बताएका थिए ।

यसैबीच, प्रतिनिधि सभाको आजको बैठकको शुरुमा समय मागेर बोल्दै प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)की सांसद पवित्रा निरौला खरेलले नेपाल प्रहरीलाई हतियार खरिदको विषयमा धेरै कुरा उठिसकेकाले प्रधानमन्त्रीले सो विषयमा सदनमा आएर जवाफ दिनुपर्ने बताइन् ।

यही असार १४ गतेबाट झापा जिल्लाको अर्जुनधारा र बिर्तामोडमा समेत २५/३० जटा जंगली हात्ति पसेर रोप्न तयार पारेको धानको विरुवा खाँदा किसानहरुले सयौं बिघा जमिनमा धान रोप्न नपाएकाले उक्त हात्ति आतंक तत्काल रोक्नका लागि सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराएकी थिइन् । प्रतिनिधि सभाको अर्को बैठक आजै ३ बजे बस्ने भएका छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !