४ जेष्ठ २०८१, शुक्रबार

गभर्नर अधिकारी प्रधानमन्त्री देउवाले बोलाएपछि पुगे बालुवाटार


महाप्रसाद अधिकारी

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएपछि नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारी बालुवाटार पुगेका छन् । बालुवाटार स्रोतका अनुसार अहिले उनले प्रधानमन्त्री देउवालाई बिफ्रिङ गरिरहेका छन् ।

गभर्नर अधिकारीले नेकपा एमालेको अर्थ विभागको सदस्यका रुपमा एम अधिकारीको नामले काम गरिरहेको भन्दै सामाजिक संजाल र सत्तारुढ दलका सांसदहरु एवं नेताहरुले चर्को आलोचना गरिरहेका छन् ।

प्रतिनिधिसभाको हिजोको बैठकमा गभर्नर अधिकारी नेकपा (एमाले) को अर्थ तथा योजना विभागको सदस्य रहेको विषय सार्वजनिक भएको भन्दै छानबिन गर्न माग गरिएको थियो ।

बैठकमा नेकपा (माओवादी केन्द्र) का सांसद रेखा शर्माले यस सन्दर्भमा प्रचलित कानुन र बैँकको ऐन, नियमावली विपरीत कुनै पनि दलमा आवद्ध भएको व्यक्ति गभर्नरमा नियुक्त हुन नहुने व्यवस्थाको उल्लङ्घन भएको टिप्पणी गरेकी थिइन् ।

उनले सोबारे छानबिन गरेर नियुक्ति गर्ने र नियुक्त पाउने दुबै पक्षलाई कारबाही गर्न माग गरेकी थिइन् । एमालेको पछिल्लो अन्तरपार्टी निर्देशनमा एम अधिकारी (खोटाङ) लाई उक्त विभागको सदस्य राखिएको उल्लेख छ ।

यस्तै आज नेकपा (माओवादी केन्द्र)ले राष्ट्र बैंकका गभर्नर अधिकारीको राजीनामा मागेको छ । राष्ट्रियसभाको आज बसेको बैठकमा माओवादी नेता नारायणकाजी श्रेष्ठले एमालेको अर्थ तथा योजना विभागमा रहेका एम अधिकारीबारे प्रश्न उठाएका छन् ।

संसदबाटै उनलाई राजीनामा दिएर बाहिरिन सुझावसमेत आइसकेको अवस्थामा प्रधानमन्त्री देउवाले बालुवाटार बोलाएर अधिकारीलाई देशको आर्थिक अवस्थाका विषयमा ब्रिफिङका लागि बोलाएको बताए पनि राजीनामा दिनसमेत आग्रह गर्नेसम्मको दवाव आउन सक्ने आंकलन गर्न सकिन्छ ।

यो पनि पढ्नुहोस्

गभर्नर अधिकारीलाई तत्काल बर्खास्त गर्न अखिल क्रान्तिकारीको माग

प्रतिनिधिसभाको बैठकमा गभर्नर अधिकारीबारे छानबिन गर्न माग


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !