११ बैशाख २०८१, मंगलबार

गभर्नर अधिकारीलाई तत्काल बर्खास्त गर्न अखिल क्रान्तिकारीको माग


पञ्चा सिंह

काठमाडौँ । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) को विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) ले गभर्नर महाप्रसाद अधिकारीलाई तत्काल बर्खास्त गर्न माग गरेको छ ।

अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले आज एक विज्ञप्ति जारी गर्दै राष्ट्रहितलाई तिलाञ्जली दिएर ‘अमुक दल’को कार्यकर्ता भएको भन्दै गभर्नर अधिकारीलाई बर्खास्त गर्न माग गरेकी हुन् ।

अखिल क्रान्तिकारीले गभर्नर अधिकारीले कानुन विपरित दलीय जिम्मेवारी लिएको भन्दै संगठनले गभर्नरलाई बर्खास्त गर्न माग गरेको हो । सरकारको मौद्रिक नीति निर्माणको नेतृत्व गर्नुपर्ने राष्ट्र बैंकको गभर्नर अधिकारी विगतदेखि नै विभिन्न शेयर कारोबारमा अवैध संलग्नता, क्रिप्टोकरेन्सीलगायत प्रकरणमा विवादास्पद बनेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नेकपा एमालेको अर्थ विभागको सदस्यमा खोटाङका एम अधिकारी रहेका छन् । एम अधिकारी भन्ने व्यक्ति गभर्नर नै भएको दावी गर्दै अनेरास्ववियू क्रान्तिकारीले उनलाई बर्खास्त गर्न माग गरेको हो । गभर्नरलाई तत्काल बर्खास्त नगरिए आन्दोलन गर्ने चेतावनी समेत दिइएको छ ।

यस्तो छ अखिल क्रान्तिकारीले जारी गरेको प्रेस विज्ञप्ति

अखिल क्रान्तिकारी प्रेस विज्ञप्ति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !