काठमाडौं । संघीय संसदअन्तर्गतको प्रतिनिधिसभाको उपसभामुख चयनका लागि यही असार ३१ गते शुक्रबार निर्वाचन हुने भएको छ । प्रतिनिधिसभाको आज बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले पर्सि असार ३१ गते दिउसो ३ बजे निर्वाचन हुने तालिका सार्वजनिक गरेका हुन् ।
प्रतिनिधिसभाको आजको बैठकमा सभामुख सापकोटाले उक्त दिन निर्वाचन हुने र निर्वाचनको कार्यक्रम आजै प्रकाशन गर्न संघीय संसद्का सचिव गोपालनाथ योगीलाई निर्देशन दिएका छन् । उपसभामुख पद लामो समयदेखि रिक्त रहेको छ ।
तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएपछि उपसभामुख पद रिक्त छ । तत्कालीन उपसभामुख तुम्बाहम्फेले राजीनामा दिएपछि उपसभामुख पद झण्डै ३ वर्षदेखि रिक्त रहेको छ ।