१५ जेष्ठ २०८१, मंगलबार

भू–उपयोग नीति ल्याउने तयारी गर्दै सरकार


chakramani khanal

२२ वैशाख, चितवन । कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालले अबको दुई वर्षमा कृषिजन्य वस्तुको आयातलाई प्रतिस्थापन गर्ने गरी काम भइरहेको बताएका छन् ।

आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले भने, “अहिले नेपालमा ९३ प्रतिशत कृषिजन्य वस्तु आयात भएको छ, दुई वर्षमा माछा, कुखुरा, गहुँ, फलफूल लगायतका उत्पादनमा आयात प्रतिस्थापन गर्ने गरी सरकारले काम गरिरहेको छ । ”

मन्त्री खनालले अब पनि भूमि व्यवस्थापन गर्न नसकेको खण्डमा कृषि क्षेत्रमा ठूलो समस्या आउने बताउँदै भूमिलाई वर्गिकरण गर्नु आवश्यक रहेको बताए ।

जमिन खण्डीकरण हुँदा खेतीयोग्य जमिन सकिँदैं गएको भन्दै उनले यसलाई रोक्नका लागि भू–उपयोग नीति तथा भू–नीतिको तयारी भइरहेको जानकारी दिए । मन्त्री खनाललले भने– “कृषियोग्य जमिनको खण्डीकरण डरलाग्दो अवस्थामा छ, यसलाई रोक्नुपर्छ, यसका लागि सरकार लागिरहेको छ । ”

डिप ट्युबवेल, पूराना पानीका स्रोतको व्यवस्थापन र पानी पोखरीको व्यवस्थापन लगायतका काम गर्नसके खेतीयोग्य जमिनमा सिँचाइको समस्या हुदैन, उनले भने ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !