१२ असार २०८१, बुधबार

प्रचण्डको राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित


प्रचण्ड माओवादीको केन्द्रीय कमिटी बैठक

काठमाडौं । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय कमिटीमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित भएको छ ।

काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको भवनमा आज बिहीबार बसेको पार्टीको केन्द्रीय कमिटीको बैठकले प्रचण्डले प्रस्तुत गरेको संक्षिप्त राजनीतिक प्रतिवेदन पारित भएको हो ।

यसअघि बैठकको पहिलो दिन प्रदेश अध्यक्ष र दोस्रो दिन केन्द्रीय सदस्यले अध्यक्षको प्रतिवेदनमाथि प्रश्न उठाएका थिए । आज जवाफ दिने क्रममा प्रचण्डको प्रतिवेदन सर्वसम्मतिले पारित भएको हो ।

प्रतिवेदनमा हालै सम्पन्न स्थानीय तह निर्वाचनको समीक्षा, आसन्न प्रदेश र प्रतिनिधिसभाको निर्वाचन, पार्टी सुढृढीकरण, एमसीसी, एसपीपीलगायत विषयवस्तु समेटिएको थियो । गत आइतबार प्रचण्डले केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकमा १० पृष्ठ लामो संक्षिप्त राजनीतिक प्रतिवेदन पेश गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !