२० बैशाख २०८१, बिहिबार

माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक सुरु, ९ एजेण्डामा छलफल हुँदै


माओवादी केन्द्रीय समितिको बैठक

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक सुरु भएको छ । केही समयअघि प्रज्ञा प्रतिष्ठानको भवन कमलादीमा सुरु भएको माओवादी केन्द्रको केन्द्रीय समितिको तेस्राे पूर्ण बैठकमा ९ वटा एजेण्डामा छलफल हुने भएको छ ।

आज सुरु भएको बैठकमा स्थानीय तहकाे निर्वाचनकाे चुनावी समीक्षा हुनेछ । साथै आजको बैठकको कार्यसूचीमा केन्द्रीय समितिको पूर्णता, पदाधिकारी चयन, पोलिटब्युरो र स्थायी समितिको चयन र कार्यविभाजन साथै आगामी चुनावीबारे छलफल लगायत विविध विषयमा छलफल हुने भएको हो ।

महाधिवेशन सम्पन्न भएपछि पटक-पटक केन्द्रीय समितिको बैठक सर्दै आएको थियो । गत पुस १९ गते सम्पन्न केन्द्रीय समितिको पहिलो बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको थियो । तर हालसम्म अध्यक्षबाहेकका अन्य पदाधिकारी चयन हुन सकेका छैनन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !