७ बैशाख २०८१, शुक्रबार

विवादमा मुछिएकी लुम्बिनीकी राज्यमन्त्री वलीले दिइन् राजीनामा


विमला वली

बुटवल । लुम्बिनी प्रदेश सरकारकी स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला खत्री वलीले पदबाट राजीनामा दिएकी छन् । विवादमा मुछिएकी लुम्बिनीकी राज्यमन्त्री वलीले मुख्यमन्त्री कुल प्रसाद केसीलाई राजीनामा बुझाएकी हुन् ।

गत जेठ ३१ गते दाङका वाईसीएल नेता एकराज बस्नेतको घरमा गएर उनकी श्रीमती र छोरीलाई अभद्र व्यवहार गरेको आरोपपछि उनी विवादमा तानिएपछि उनी प्रहरी नियन्त्रणमा परेकी पनि थिइन् । वलीले सोमबार नै राजीनामा बुझाएको पनि माओवादी स्रोतले बताएको छ ।

विवादमा मुछिएपछि सोबारेमा छानबिन गर्न सरकारले समिति समेत गठन गरेको थियो । छानविन समितिलाई सघाउन भनेर उनले राजीनामा दिएको बुझिएको छ । छानबिन समितिको प्रतिवेदन बाहिर सार्वजनिक हुनुअघि नै उनले राजीनामा दिएकी हुन् ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !