९ माघ २०८१, बुधबार

पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे जवाफ दिन सरकारलाई सभामुख सापकोटाको रुलिङ


अग्नि प्रसाद सापकोटा

काठमाडौं । संघीय संसदअन्तर्गतको प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे जवाफ दिन सरकारलाई रुलिङ गरेका छन् ।

आज सोमबार जारी प्रतिनिधि सभाको बैठकमा सांसदहरूले पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे सरकारसँग जवाफ मागेपछि सापकोटाले सरकारलाई जवाफ दिन निर्देशन दिएका हुन् ।

उनले भने, “माननीय सदस्यहरूले उठाउनुभएको विषयमा मेरो पनि ध्यानाकर्षण भएको छ । सरकारको पनि ध्यानाकर्षण गराउन चाहन्छु । यस विषयमा सरकारलाई सत्य तथ्य सदनसमक्ष पेस गर्न निर्देश गर्दछु ।’

सरकारले हिजो राति १२ः ०० बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको थियो । निगमले गरेको मुल्यवृद्धिअनुसार अव पेट्रोलको मूल्य प्रतिलिटर रु १९९ र डिजेल–मट्टितेलको मूल्य प्रतिलिटर रु १९२ पुगेको छ ।

निगमले आइतबार राती एक विज्ञप्ति जारी गरी पेट्रोलको हालको खुद्रा बिक्री मूल्यमा रु २१ ले वृद्धि गरी प्रतिलिटर रु १९९ रुपैयाँ तथा डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा रु २७ ले वृद्धि गरी प्रतिलिटर रु १९२ रुपैयाँ कायम गरिएको जानकारी दिएको छ ।

हिजो आइतबार रातिबाट पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै सार्वजनिक यातायातको भाडा पुनः बढेको हो । सरकारले अन्तरप्रदेश चल्ने यात्रुबाहक तथा मालबाहक सवारीको भाडा बढाएको हो ।

यो पनि पढ्नुहोस्

फेरि बढ्यो सार्वजनिक सवारी साधनको भाडा, कुन रुटको कति पुग्यो ? (सूचीसहित)

पेट्रोलियम पदार्थको मूल्यवृद्धि : पेट्रोल प्रतिलिटर १९९ र डिजेल-मट्टीतेल १९२


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !