२२ बैशाख २०८१, शनिबार

प्रतिनिधिसभाको बैठक सुरु, तेजाब तथा घातक रासायनिक पदार्थ नियमन विधेयक प्रस्तुत हुँदै


प्रतिनिधिसभाको बैठक

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । नयाँ वानेश्वरस्थित संघीय संसदको भवनमा केही समयअघि प्रतिनिधिसभाको बैठक सुरु भएको हो ।

संसद सचिवालयले सार्वजनिक गरेको पहिलो कार्यसूचीमा अर्थ समितिका सभापति कृष्ण प्रसाद दाहालले आजको बैठकमा सार्वजनिक ऋण व्यवस्थापन विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७९ र बीमा विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७९ पेस गर्ने रहेको छ ।

दोस्रो कार्यसूचीमा गृहमन्त्री बालकृष्ण खाणले तीन वटा विधेयक प्रस्तुत गर्नेछन् । बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९ प्रस्तुत गर्नेछन् । सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

संसद सचिवालयका अनुसार नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) विधेयक, २०७९ प्रस्तुत गर्ने कार्यसूची रहेको छ । संसद्‌ले हिजो बिहीबार मात्र आर्थिक वर्ष २०७९/०८० का लागि विनियोजन विधेयक पारित गरेको थियो ।

यस्तो छ हेर्नुहोस् आजको दैनिक कार्यसूची

आजको दैनिक कार्यसूची


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !