२१ बैशाख २०८१, शुक्रबार

एसपीपी सम्झौता एमालेले गरेको हो भन्ने प्रमाण पेश गर्न एमालेको माग


ईश्वर पोखरेल फाइल फोटो

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसद ईश्वर पोखरेलले गठबन्धन दलका एक जना नेताले अमेरिकी सरकारसँग भएको भनिएको स्टेट पार्टनरशीप प्रोग्राम (एसपीपी) एमालेले गरेको भन्ने आरोपको खण्डन गर्दै एमालेको पालामा भएको भन्ने प्रमाणहरु पेश गर्न चुनौती दिएका छन् ।

उक्त आरोप एमालेलाई बदनाम गर्ने गलत मनसायबाट आएको दाबी गर्दै पूर्व रक्षामन्त्री समेत रहेका सांसद पोखरेलले आफूले गरेको अपराधलाई ढाकछोप गर्न यो एउटा दुष्प्रयास भएको बताए ।

प्रतिनिधि सभाको आजको बैठकको शुरुमै समय मागेर बोल्दै एमालेका वरिष्ठ उपाध्यक्ष समेत रहेका सांसद पोखरेलले स्टेट पार्टनरशीप प्रोग्रााम(एसपिपि) राष्ट्रको हित विपरित रहेकाले कुनै हालतमा आफूहरुलाई स्वीकार्य नहुने बताए ।

आफू उपप्रधान तथा रक्षामन्त्री भएका बेला उक्त प्रस्ताव आएको तर आफूले राष्ट्र हित विपरित जान नमिल्ने भन्दै अमेरिकाको प्रस्तावलाई ठाडै अस्विकार गरेको दाबी गर्दै सांसद पोखरेलले सन् २०१५ मा पूर्व प्रधानमन्त्री सुशिल कोइरालाको सरकार रहेको तथा सन् २०१७ मा वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नै प्रधानमन्त्री रहेको सदनलाई जानकारी दिए ।

नेकपा (एमाले)काअध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरेको सरकारको पालामा अमेरिकाबाट केही अधिकारीहरु आएका र आफू त्यति बेला रक्षामन्त्रीको भूमिकामा हुँदा नेपाल कुनै सैनिक गठबन्धनमा सामेल हुन सक्दैन, यो नेपालको परराष्ट्रनीति बिपरित पनि छ भन्दै अमेरिकी सो प्रस्तावलाई अस्वीकार गरेको दाबी गरे ।

सांसद पोखरेलले भने,‘नेपालको परराष्ट्रनीतिलाई कमजोर पार्ने खालका कुनै पनि आउँदा एमालेले प्रतिबाद गर्दछ ।’

प्रतिनिधि सभाको बिहीबारको बैठका सभामुखसँग समय मागेर बोल्दै सत्तागठबनधन दल राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले एसपीपी मुलुकको पक्षमा नभएकाले यसलाई अस्वीकार गरेर अगाडि बढ्नु पर्ने बताएकी थिइन् ।

उनले यसबाट देशमा गम्भिर खतरा उत्पन्न भएको बताउँदै अमेरिकी पक्षबाट सम्झौता स्वीकृत भइसकेको, नेपाली सेनाले उक्त भनाईको खण्डन गरेको तथा सरकारले हस्ताक्षर गर्दैनौं भनी रहेको अवस्थामा वास्तविकताका लागि प्रधानमन्त्रीले सदनमा आएर स्पष्टीकरण दिनु पर्ने माग गरेकी थिइन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !