२१ पुस २०८१, आइतबार

संसदको बैठक बस्दै : अर्थमन्त्रीले जवाफ दिने, एमालेले जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव पेश गर्ने


प्रतिनिधिसभा बैठक

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । नयाँ वानेश्वरस्थित संघीय संसदको भवनमा प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्ने संसद सचिवालयले जनाएको छ ।

संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यक्रमअन्तर्गत दैनिक पहिलो कार्यसूचीमा आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव पेश गर्ने भएको छ ।

आज एमालेका सांसद एवं संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले इन्धन तथा खाद्यान्नमा भएको मूल्यवृद्धि लगायत जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

यसैगरी अर्थमन्त्री जनार्दन शर्माले आइतबार पेश गरेको आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि उठेका प्रश्नको जवाफ दिने दोस्रो कार्यसूचीमा रहेको छ । अर्थमन्त्री शर्माले संसदमा १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट प्रस्तुत गरेका थिए ।

प्रतिनिधिसभाको बैठकमा सत्तारुढ दल एवं प्रमुख प्रतिपक्षी दलका सांसदहरुले बजेटमाथि आ-आफ्नो धारणा राखेका थिए । मंगलबारबाट बजेटमाथिको सैद्धान्तिक छलफल सुरु भएको थियो ।

यस्तो छ हेर्नुस् संसदको आजको सम्भावित कार्यक्रमअन्तर्गत दैनिक कार्यसूची

दैनिक कार्यसूची


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !