६ जेष्ठ २०८१, आइतबार

अध्यक्ष प्रचण्डले भने, ‘मैलेजति गाली र आरोप कसैले खाएजस्तो लाग्दैन’


प्रचण्ड

१८ वैशाख, काठमाण्डौ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपालको सन्दर्भमा सबैभन्दा आरोप र आलोचना आफूले खेपिरहेको बताएका छन् ।

उनले काम गर्न अघि बढ्ने मान्छेलाई नै सबैभन्दा बढी आरोप लाग्ने भन्दै नेपालको सन्दर्भमा आफूले आरोप खेपेको बताएका हुन् ।

“जो काम गर्न अघि बढ्छ, उसको नै सबैभन्दा बढी आलोचना हुने हो । सबैभन्दा बढी आरोप र आलोचना खेप्ने त मै छ छु नि, मैलेजति गालि र आरोप अरुले पाएको जस्तो लाग्दैन तर, मैले त्यसलाई शिक्षाकै रुपमा लिने गरेको छु” दाहालले भने ।

उनले सबैले राष्ट्र निर्माणको लागि अन्तिम समयसम्म लागिरहनुपर्नेमा जोडसमेत दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !