काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र (बालेन) शाहले नगर कार्यपालिकाको बैठक लाइभ गर्ने पहिलो निर्णय गरेका छन् । मेयर साहले पदभार ग्रहण गरेलगत्तै नगर कार्यपालिकाको बैठक लाइभ गर्ने निर्णय गरेका हुन ।
मेयर बालेनले काठमाडौँका नगरबासीहरुले महानगरपालिकाका जनप्रतिनिधिहरुले गर्ने निर्णयहरु थाहा पाउनुपर्ने भन्दै यस्तो गरेको बताएका छन् । मेयर साहले आफ्नो प्रतिवद्धताअनुसार निर्णय गरेका हुन् ।
यसअघि उनले स्थानीय निर्वाचनको चुनावी प्रतिवद्धतापत्रको १५ नम्वरको डिजिटल सरकार नामक बुँदामा पनि नगर कार्यपालिकाको बैठक लाइभ गर्ने उल्लेख गरेका थिए ।
साथै काठमाडौंको फोहोर व्यवस्था नभएसम्म खादा–माला नलगाउने र खुसी नमनाउने उनले बताएका छन् । काठमाडौं महानगरको कार्यपालिकाको पहिलो बैठक आज अपराह्न ४ बजे बस्दै छ ।