१५ जेष्ठ २०८१, मंगलबार

मन्त्रिपरिषद्द्वारा सरकारको नीति तथा कार्यक्रम पारित


मन्त्रिपरिषद् बैठक

काठमाडौँ । सरकारले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम पारित गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

आज अपराह्न बस्ने सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम पेश गर्ने कार्यक्रम छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !