८ बैशाख २०८१, शनिबार

सबै सुझावलाई मार्गनिर्देशनको रुपमा लिएको छु : अर्थमन्त्री शर्मा


जनार्दन शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आगामी बजेटको सिद्धान्त र प्राथमिकता माथिको छलफलको क्रममा सांसदहरुले दिएको सुझावलाई नयाँ बजेटका लागि मार्गनिर्देशनको रुपमा लिएको बताएका छन् ।

प्रतिनिधि सभामा ३ दिनसम्म चलेको प्रिबजेट माथिको छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिंदै अर्थमन्त्री शर्माले विदेशी मुद्राको हालको संचितीले आगामी ६ महिनासम्मका लागि बस्तु तथा सेवा आयात गर्न पर्याप्त रहेको बताए ।

अर्थमन्त्री शर्माले यही वैशाख मसान्तसम्ममा लगानी बोर्ड मार्फत नेपालमा ३४ अर्बको बैदेशिक लगानी भित्रिने प्रक्रियामा रहेको जानकारी दिंदै अहिलेसम्म चालू आ.ब.मा १ सय ३५ अर्बको आन्तरिक ऋण उठाइएको सदनलाई बताए ।

चालू आ.ब.मा २ सय २४ अर्ब वैदेशिक आर्थिक सहयाताको प्रतिबद्धता प्राप्त भैसकेको बताउँदै अर्थमन्त्री शर्माले गरिबी अन्त्यका लागि यदि साच्चिकै सामूहिक संकल्प गर्ने हो भने छोटो समयमा नै नेपालमा गरिवी अन्त्य गर्न सकिने दावी गरे ।

व्यापार घाटा कम गर्न निर्यातमुखी उद्योग धन्दाको विकास नै उत्तम विकल्प भएको स्पष्ट पार्दै उनले हरेक दृष्किोणबाट आएका सुझावहरुलाई आगामी बजेटमा सकेसम्म समेट्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !