२० बैशाख २०८१, बिहिबार

प्रतिनिधिसभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल सुरु


जनार्दन शर्मा प्रतिनिधिसभाको बैठक

काठमाडौँ । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आजको बैठकमा आर्थिक वर्ष २०७९÷८० का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल गर्ने कार्यसूची छ ।

अर्थमन्त्री जनार्दन शर्माले मङ्गलबारको बैठकमा आगामी आवका लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता पेश गर्नुभएको थियो । आव २०७९÷८० को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि बिहीबार राष्ट्रियसभामा छलफल गर्ने कार्यतालिका छ ।

छलफलमा भाग लिँदै नेकपा (एमाले)का सांसद् योगेशकुमार भट्टराईले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा समाजवादमा पुग्ने आधार नदेखिएको, सार्वजनिक स्वास्थ्य तथा शिक्षाको सवलीकरणलाई बेवास्ता गरिएको बताए ।

व्यापार घाटा न्यूनीकरण गर्दै पूँजीगत खर्च वृद्धि गर्न सरकारले ध्यान दिनुपर्नेमा जोड दिँदै उनले मुलुकको अर्थतन्त्रलाई अप्ठ्यारो अवस्था आउन नदिन वैकल्पिक उपायको खोजी गरिनुपर्ने बताए ।

“पेट्रोलियम पदार्थको खपत घटाउने, वैकल्पिक ऊर्जाको प्रयोगलाई बढवा दिनुपर्ने विषय विधेयकका सिद्धान्त र प्राथमिकतामा देखिएन”, उनले भन्नुभयो, “गैरआर्थिक कारोबार बढेको छ, यसले मुलुकको अर्थतन्त्रमा चुनौती थपेको छ ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !