२ जेष्ठ २०८१, बुधबार

पोखराको मेयरमा गठबन्धनका आचार्यको लगभग २७ सयको अग्रता


धनराज आचार्य र कृष्णबहादुर थापा

गण्डकी । स्थानीय तह सदस्य निर्वाचन-२०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता बढाउदै २६९३ बढी मत ल्याएका छन् ।

पोखरा महानगरको जारी मतगणनामा ५५ हजार ६२७ मत गणना हुँदा गठबन्धनबाट प्रमुख पदका उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का धनराज आचार्यले २२ हजार ८२५ मत प्राप्त गरेका छन् । नेकपा (एमाले) का प्रमुख पदका उम्मेदवार कृष्णबहादुर थापाले २० हजार १३२ मत प्राप्त गरेका छन् ।

त्यसैगरी उपप्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदबार कोपिला रानाभाटकोे २३ हजार १६४ मत छ भने एमालेका मञ्जुदेवी गुरुङले २३ हजार २१ मत प्राप्त गरेकी छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !