१४ बैशाख २०८१, शुक्रबार

भरतपुरमा एमालेका सुवेदीको अग्रता कायमै, पछ्याउँदै रेनु


रेनु दाहाल, विजय सुवेदी र जगनाथ पौडेल

चितवन । भरतपुर महानगरपालिकामा नेकपा एमालेको तर्फवाट उम्मेदवार बनेका विजय सुवेदीले अग्रता कायमै राखेका छन् भने गठबन्धनको तर्फवाट मेयरको साझा उम्मेदार बनेकी रेनु दाहालले सुवेदीलाई पछ्याउँदै छिन् ।

१४०३० मत गन्दा माओवादी केन्द्रकी उम्मेदवार रेनुलाई एमालेका सुवेदीले ५४ मतले पछि पारेका हुन् । पछिल्लो मत परिणाम अनुसार सुवेदीले ४७५७ मत प्राप्त गरेका छन् भने दाहालले ४७०३ मत ल्याएकी छन् ।

त्यस्तै कांग्रेसका बागी भएर स्वतन्त्र रुपमा उम्मेदवार बनेका जगन्नाथ पौडेलले २१३१ मत ल्याएका छन् । यस्तै उपप्रमुखमा नेपाली कांग्रेसका उमेदवार चित्रसेन अधिकारीले ५५९५ मत प्राप्त गरेका छन् भने राप्रपाकी उमेदवार हिमला गुरुङले ३७८९ मत ल्याएकी छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !