२१ बैशाख २०८१, शुक्रबार

भक्तपुरको चाँगुनारायण-१ मा कांग्रेसको प्यानलै विजयी


नेपाली कांग्रेस रुख

भादगाउँ । चाँगुनारायण नगरपालिकामा-१ मा नेपाली कांग्रेसका प्यानल विजयी भएको छ । वडा नं १ को अध्यक्षमा कांग्रेसका सिजन कार्कीले १२२५ मत ल्याएर विजयी भएका छन् ।

उहाँको निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका इशोर थापाले १२१३ मत प्राप्त गरेको सहायक निर्वाचन अधिकृत फण्डेश्वरी घिमिरेले जानकारी दिए ।

त्यसैगरी वडा सदस्यमा मुना गुरुङ, पुजा वर्देवा र गोविन्द श्रेष्ठ विजयी भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !