२० बैशाख २०८१, बिहिबार

ललितपुर महानगरमा चिरीबाबुको अग्रता हरिकृष्णको भन्दा दोब्बर मत


चिरिबाबु महर्जन र हरिकृष्ण व्यंजनकार

ललितपुर । ललितपुर महानगरपालिकाको मेयरमा गठबन्धनको तर्फवाट साझा उम्मेदवार बनेका चिरीबाबु महर्जनले अग्रता कायमै राखेका छन् । जारी मतगणनामा ललितपुर महानगरमा नेपाली काँग्रेसका महर्जनको अग्रता नेकपा एमालेका हरिकृष्ण ब्यञ्जनकार भन्दा दोब्बर मतको रहेको छ ।

महर्जनले अग्रता बढाउँदै ८७७ मत प्राप्त गर्दा दोस्रोमा नेकपा एमालेका उम्मेदवार ब्यञ्जनकारले ४०२ मत प्राप्त गरेका छन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका अष्टबहादुर महर्जनले ३५ मत ल्याएका छन् ।

तर ललितपुर महानगरको उपमेयरमा भने एमालेले अग्रता कायम राखेको छ । एमालेकी मन्जली शाक्य बज्राचार्यले ४४४ हजार मत ल्याएकी छन् भने सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेकपा (माओवादी केन्द्र) का बाबुराजा बज्राचार्य ४४४ मतसहित दोस्रो स्थानमा छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !