६ बैशाख २०८१, बिहिबार

घोराही उपमहानगरपालिकाको मतगणना सुरु


घोराही उपमहानगरपालिका

दाङ । घोराही उपमहानगरपालिकाको मतगणना सुरु भएको छ । बिहान १०ः३० बजेदेखि मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए ।

उक्त महानगरपालिकाको वडा नं १४ र १९ बाट मतगणना सुरु गरिएको हो । उपमहानगरमा कूल एक लाख १२ हजार ९२७ मतदाता रहेकामा ७६ हजार ५२९ अर्थात् ६७दशमलव७६ प्रतिशत मत खसेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

यसैबीच जिल्लाका दङ्गीशरण, बबई, शान्तिनगर, राजपुर, गढवा, राप्ती, बङ्गलाचुली र लमही नगरपालिकामा मतगणना जारी रहेको तर तुलसीपुर उपमहानगरपालिकाको मतगणना जेठ ३ गतेदेखि गरिने भएको छ ।

उक्त उपमहानगरपालिकाको वडा नं १७ मा नेकपा (एमाले) बाट वडाध्यक्षमा उम्मेदवार बनेका लबरु चौधरीको निधन भएपछि सो वडामा जेठ ३ गते निर्वाचन सम्पन्न भएपछि बेलुकादेखि मतगणना गरिने जनाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !