२१ बैशाख २०८१, शुक्रबार

काठमाडौंकी मेयरकी उम्मेदवार सिर्जना सिंह भन्छिन्- हामीले चुनाव जितिसक्यौँ


सिर्जना सिंह

काठमाडौं । आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकामा सत्ता गठबन्धनवाट मेयरकी साझा उम्मेदवार सिर्जना सिंहले आफ्नो जित भइसकेको बताएकी छन् ।

काठमाडाैंको रत्नपार्कस्थित शान्ति वाटिकामा पाँच दलीय सत्ता गठबन्धनले आज शुक्रबार आयोजना गरेको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै सिंहले मतदाताको शिर निहुरिने गरी काम नगर्ने बताएकी छिन् ।

उनले नगरबासी जनताको र मतदाताको दिदी–बहिनी, भाउजू, आमा बनेर काम गर्ने पनि समेत बताइन् । सिंहले महानगरमा महिलाले पार्टीको तर्फबाट टिकट पाउनुनै जित भएको भन्दै सबैले गौरव महसुस गर्नुपर्ने भन्दै महिला आन्दोलनको जित भएको बताइन् ।

महानगरमा सुशासन र भ्रष्टचार मुक्त बनाउने आफ्नो प्रमुख दायित्व भएको भन्दै उनले फोहोर र अस्तव्यस्त महानगरलाई व्यवस्थित गर्ने दाबी गरिन् । उनले महानगरलाई सबै जातजातिको, सबैलाई सम्मान गर्ने र सबैको अपनत्व महसुस हुने महानगर बनाउने प्रतिवद्धता समेत जनाइन् ।

कांग्रेसले काठमाडौं जस्तो ठूलो महानगरको मेयरमा महिला उठाउनुलाई सम्पूर्ण महिलाको जित भएको उनको भनाइ छ । यो सबै महिला आन्दोलनको लागि यो गौरवपूर्ण जित हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !