१९ बैशाख २०८१, बुधबार

प्रधानमन्त्री देउवाको ‘दूत’ बनेर चितवन पुगे गृहमन्त्री खाण


बालकृष्ण खाँण फाइल फोटो

भरतपुर । भरतपुर महानगरपालिकामा स्वतन्त्र (बागी) उम्मेदवारी दिएका कांग्रेस नेता जगन्नाथ पौडलको उम्मेदवारी फिर्ता लिने विषयमा पहल गर्न सत्तारुढ दल नेपाली कांग्रेसका नेता एवम् गृहमन्त्री बालकृष्ण खाण चितवनको भरतपुर पुगेका छन् ।

स्रोतका अनुसार प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाको ‘दूत’ बनेर खाण भरतपुर पुगेका हुन् । भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै खाणले असन्तुष्टलाई सम्झाउन आफू चितवन आएको बताए ।

गृहमन्त्री खाँडले बागीलाई मिलाउन मैले प्याकेज नल्याएकोक र मन लिएर आएको बताए । उनले भने, “म उहाँहरूलाई सम्झाउँछु। उहाँहरूले केन्द्रको निर्णय मान्नुहुन्छ ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !