२२ बैशाख २०८१, शनिबार

एमाले केन्द्रीय सदस्य ढुंगेलमाथि आक्रमण


माधव ढुंगेल

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का केन्द्रीय सदस्य माधव ढुंगेलमाथि नेकपा एमाले केन्द्रीय सम्पर्क समिति सदस्य लक्ष्मी न्यौपानेले उनलाई हातपात गरेकी छन् ।

एक नेताका अनुसार केन्द्रीय सम्पर्क कमिटीको बैठकमा रामेछापको खाँडादेवी गाउँपलिका अध्यक्ष र उपाध्यक्षको टिकटको विषमा छलफलको क्रममा भनाभन हुँदा ढुंगेलमाथि न्यौपानेले आक्रमण गरेकी हुन् ।

एक नेताका अनुसार न्यौपानेले आक्रमण गरेपछि रोक्न खोज्दा ढुंगेल पत्नी सरिता दाहाल घाइते भएकी छिन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !