![नेकपा (एमाले)](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/UML_Nekapa-Emale-Party12.jpg?fit=1100%2C557&ssl=1)
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय कार्यालयको बैठक आज बस्दै छ । एमाले केन्द्रीय कार्यालयको बैठक विहान ११ बजे पार्टी कार्यालय, थापाथलीमा बस्ने एमालेको केन्द्रीय सदस्य समेत रहेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
एमालेको केन्द्रीय सचिवालय बैठक आज सोमबार बेलुका साढे ६ बजे अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बस्ने पनि उनले बताए । एमालेको सचिवालय बैठक बस्नुअघि केन्द्रीय कार्यालयको बैठक बस्ने भएको हो ।
आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीबाट जारी गरिने प्रतिबद्धतापत्र लगायतका विषयमा छलफल गर्न एमाले केन्द्रीय सचिवालयको बैठक बस्ने भएको हो ।