८ जेष्ठ २०८१, मंगलबार

ओली निवास बालकोटमा एमालेको सचिवालय बैठक आज बस्दै


एमाले सचिवालय बैठक बालकोट

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज सोमबार बस्दै छ । एमालेले सचिवालय बैठक आज बेलुका साढे ६ बजे अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बस्ने गरी बोलाएको एमालेको केन्द्रीय सदस्य समेत रहेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

बैठकमा स्थानीय तह निर्वाचनका लागि आवश्यक तयारी, पार्टीका तर्फबाट बन्ने उम्मेदवार, घोषणापत्र लगायत विषयमा छलफलका विषय हुने रिजालले जानकारी दिए ।

एमालेले यसअघि नै महानगर र उपमहानगरका मेयर उपमेयर केन्द्रबाट निर्णय गरेर उम्मेदवार बनाउने बताएको छ भने नगर र पालिकामा सम्बन्धित कमिटीको सिफारिसमा जिल्ला र प्रदेशले निर्णय गर्नेगरी निर्णय गरेको छ ।

एमालेको सचिवालय बैठक बस्नुअघि केन्द्रीय कार्यालयको बैठक आज विहान ११ बजे पार्टी कार्यालय, थापाथलीमा बस्ने भएको पनि रिजालले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !