१४ बैशाख २०८१, शुक्रबार

एमाले अध्यक्ष ओली चुनावी प्रचारको लागि आज हुम्ला जाँदै


केपी शर्मा ओली

काठमाडौँ । पुर्वप्रधानमन्त्री समेत रहेका प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज हुम्ला जाँदै छन् । अध्यक्ष ओली हुम्लाको दुई स्थानमा हुने आमसभालाई सम्बाेधन गर्न जान लागेका हुन् ।

आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनको प्रचार-प्रसार र जिल्लामा पार्टीको अवस्था बुझ्न अध्यक्ष ओली हुम्ला जान लागेका हुन् । जिल्लाको तीन ठाउँमा अध्यक्ष ओलीले भ्रमण गर्ने भएपनि निर्वाचन केन्द्रित दुई वटा वृहत आमसभालाई मात्र सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

आज आइतबार बिहान ११ वजे हेलिकोप्टरबाट हुम्ला पुगे लगत्तै अध्यक्ष ओली पहिले उत्तरी नाम्खा गाउँपालिकाको लिमि क्षेत्रको अवलोकन गर्ने कार्यक्रम रहेको छ । लिमिका वासिन्दासँग भेटेर त्यसपछि नेपाल र चीनको सिमाना लोलुङजोङको हवाई अवलोकन गरेपछि अध्यक्ष ओलीले हुम्ला सदरमुकाम सिमकोटमा आयोजना हुने आमसभालाई सम्वोधन गर्ने कार्यक्रम रहेको छ ।

सिमकोटको आमसभालाई गरेपछि अध्यक्ष ओलीले हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिकामा हुने वृहत आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । ओलीको स्वगतमा सिमकोटमा तीनवटा स्वागतद्धार निर्माणका गरिएका छन् ।

दोस्रो पटक हुम्ला जान लागेका ओलीको स्वागतका लागि विभिन्न सांस्कृतिक कार्यक्रमको तयारी गरिएको छ । स्थानीय निर्वाचनमा पार्टीको स्थिति मजबुत पार्न ओलीको देश दौडाहा कार्यक्रम जारी रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !