१९ बैशाख २०८१, बुधबार

यस्ता छन् चैत ३० गते बसेको मन्त्रिपरिषद्ले गरेका ७ निर्णयहरु


मन्त्रिपरिषद् बैठक

काठमाडौं । सरकारले चैत ३० गते बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेका ७ निर्णयहरु सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र कार्कीले पत्रकार सम्मेलन गरेर निर्णय सार्वजनिक गरेका हुन् ।

सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने १५० मिलियन अमेरिकी डलर (करिब १८ अर्ब) बराबरको सहुलियत सहायता ऋण सहायता स्वीकार गर्ने भएको छ । संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय सहयोग निकाय यूएसएआईडीबाट प्राप्त हुने अमेरिकी डलर ६५९ मिलिनियम (करिब ७९ अर्ब ७१ करोड) अनुदान सहायता रकम स्वीकार गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।

फुट कोट कर्णाली अर्ध-जलशाययुक्त जलविद्युत आयोजनाका लागि कालिकोट जिल्लाको सन्नी त्रिवेणी गाउँपालिकाको करिब २८० रोपनी जग्गा प्राप्ति गर्न स्वीकृत दिने निर्णय पनि सरकारले गरेको छ । सरकारले सशस्त्र प्रहरी बल नेपालको सशस्त्र प्रहरी महानिरीक्षक पदमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम केसीलाई बढुवा नियुक्ति गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बैठकले मायादेवी गाउँपालिकालाई आधारभूत अस्पताल गाउँपालिकाको प्रशासकीय भवनलगायत कार्यका लागि सार्वजनिक जग्गा प्रयोग गर्ने स्वीकृत दिने र कर्जन्हा नगरपालिका सिरहालाई प्रशासकीय भवन निर्माणका लागि सार्वजनिक जग्गा प्रयोग गर्न स्वीकृत दिने निर्णय गर्नुका साथै राष्ट्रिय आवास कम्पनी लिमिटेडको अध्यक्ष राम आधार कापरको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।

यस्ता छन् चैत ३० गते बसेको मन्त्रिपरिषद्ले गरेका ७ निर्णयहरु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !