१४ बैशाख २०८१, शुक्रबार

कुलमान घिसिङलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण


कुलमान घिसिङ फाइल फोटो

काठमाडौं । नेपाल विद्यतु प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । विद्यतु प्राधिकरणका कार्यकारी निर्देशक घिसिङसंगै गण्डकी प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारीलाई पनि आयोगले स्पष्टीकरण सोधेको छ ।

आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरेकोले घिसिङ र अधिकारीलाई स्पष्टीकरण सोधेको हो । आज बिहीबार बसेको आयोगको बैठकले दुवै जनालाई पत्र पठाएर ७ दिनभित्र आयोगका प्रश्‍नको चित्तबुझ्दो जवाफ दिन भन्दै स्पष्टीकरण सोधेको हो ।

यसअघि हिजो बुधबार मात्र सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो सामाजिक संजाल फेसबुक पेजमा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको फोटो राखेर माओवादीको चुनावी पोष्टरवाट कुलमानको फोटो राखेर सेयर गरेका थिए ।

प्रचण्डको उक्त पोष्टको संचारमाध्यम र सामाजिक संजाल पनि चर्को आलोचना भएपछि उनले घिसिङको फोटो राखेर सेयर गरेर पोष्टरवाट फोटो हटाएका थिए । यसरी कुनै राजनीतिक दलको चुनावी प्रचार-प्रसारको लागि सरकारी कर्मचारीको फोटो पोष्टरमा दुरुपयोग गर्नु कदापी शोभनीय पनि थिएन ।

यस्तै आयोगले गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीलाई पनि स्पष्टीकरण सोधेको हो । उनले हिजो बुधबार पोखरामा आयोजित कार्यक्रममा आफूले २०७४ सालको प्रदेशसभा निर्वाचनमा खर्च विवरण ढाँटेर पेश गरेको बताएका थिए । आयोगले उनलाई आफूले निर्वाचन आयोगमा खर्चको विवरण बुझाउँदा यो विवरण सही होइन भनी कुनै फरक मत दर्ता गराएको थियो थिएन ?’ भनेर प्रश्न सोधेको छ ।

यो पनि पढ्नुहोस्

प्रचण्डले हटाए माओवादीको चुनावी पोष्टरवाट कुलमानको तस्वीर

कुलमानको फोटो राखेर माओवादीले माग्यो चुनावमा भोट


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !