१२ बैशाख २०८१, बुधबार

प्रचण्डले हटाए माओवादीको चुनावी पोष्टरवाट कुलमानको तस्वीर


प्रचण्ड, जनार्दन शर्मा र कुलमान घिसिङ

काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो सामाजिक संजाल फेसबुक पेजमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको फोटो राखेर सेयर गरेर पोष्टरवाट कुलमानको फोटो हटाएका छन् ।

आज बिहान प्रचण्डले उक्त पोष्ट गरेपछि नेपालपत्रमा हामीले ‘कुलमानको फोटो राखेर माओवादीले माग्यो चुनावमा भोट‘ शिर्षक राखेर समाचार प्रकाशित गरेका थियौं । प्रचण्डले आफ्नो फोटो, अर्थमन्त्री समेत रहेका पूर्वउर्जामन्त्री जनार्दन शर्मा र विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको फोटोसहितको चुनावी पोष्टर सामाजिक संजालमा पोष्ट गरेका थिए ।

प्रचण्डको उक्त पोष्टको संचारमाध्यम र सामाजिक संजाल पनि चर्को आलोचना शुरु भएको थियो । यसरी कुनै राजनीतिक दलको चुनावी प्रचार-प्रसारको लागि सरकारी कर्मचारीको फोटो पोष्टरमा दुरुपयोग गर्नु शोभनीय कदापी पनि हुँदैन । राजनीतिक दलले आफ्नो चुनावी घोषणापत्रमा देखाइएका सपनाहरु सरकारमा हुँदा र नहुँदा पनि स्थापित गराएर जनताको मन जित्न सक्नुपर्छ ।

अहिले प्रचण्डले अर्थमन्त्री समेत रहेका पूर्वउर्जामन्त्री शर्मा र विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको फोटो हटाएर पोष्टरमा आफ्नो मात्र फोटो राखेर उक्त पोष्टलाई सम्पादन गरेका छन् । विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङले आफ्नो जानकारी नगराई माओवादीको चुनावी पोस्टरमा आफ्नो तस्बिर प्रयोग भएकोमा उक्त तस्बिर हटाउनका लागि उनले माओवादीलाई आग्रह गरेकोले उक्त पोष्टरवाट कुलमान र जनार्दन शर्माको फोटो हटाइएको बुझिएको छ ।

माओवादी केन्द्रले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको फोटो राखेर आसन्न स्थानीय निर्वाचनको प्रचार-प्रसार शुरु गरेको थियो । माओवादीले अव ‘अँध्यारोवाट उज्यालोको यात्रा’ भएको भन्दै देश विकासको सपना अघि सारेको छ ।

आज विहान माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नो सामाजिक संजाल फेसबुक पेजमार्फत स्थानीय निर्वाचनमा भोट माग्दै लोडसेडिङ अन्त्य एउटा फड्को भएको र माओवादीले चुनाव जितेमा अब पालो नि:शुल्क बिजुली दिने समेत बताएका थिए ।

‘लोडसेडिङ अन्त्य एउटा फड्को अब पालो नि:शुल्क बिजुलीको’ भन्ने नारासहितको ब्यानरमा माओवादी अध्यक्ष प्रचण्ड, अर्थमन्त्री समेत रहेका पूर्वउर्जामन्त्री जनार्दन शर्मा र विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको फोटो पनि राखिएको थियो ।

स्मरण रहोस् की विगतमा प्रचण्ड नेतृत्वको सरकारमा उर्जामन्त्री भएका शर्मा र विद्युत प्राधिकरणको प्रबन्ध निर्देशक घिसिङको अगुवाईमा शुरुमा काठमाडौं उपत्यका र पछि देशलाई नै लोडसेडिङ्गमुक्त गरेका थिए ।
यस्तो थियो हेर्नुहोस् माओवादीको पहिलाको चुनावी पोष्टर
यस्तो छ हेर्नुहोस् माओवादीको अहिलेको चुनावी पोष्टर
माओवादीको अहिलेको चुनावी पोष्टर
यो पनि पढ्नुहोस्

कुलमानको फोटो राखेर माओवादीले माग्यो चुनावमा भोट


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !