६ बैशाख २०८१, बिहिबार

स्थानीय चुनावमा सेना परिचालन गर्न राष्ट्रपतिले दिइन् स्वीकृति


राष्ट्रपति विद्यादेवी भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय तहको निर्वाचनमा सेना परिचालन गर्न स्वीकृति दिएकी छन् । राष्ट्रपति भण्डारीले आगामी वैशाख ३० गते हुन लागिरहेको स्थानीय चुनावमा नेपाली सेना परिचालन गर्न स्वीकृति दिएकी हुन् ।

राष्ट्रिय सुरक्षा परिषदको गत १७ चैतको सिफारिस र मन्त्रिपरिषद्को २४ चैतको निर्णय अनुसार सेना परिचालनका लागि राष्ट्रपतिले स्वीकृति दिएको राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै जानकारी दिएको हो ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ”सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट सम्वत् २०७९ साल बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना, २०७८’ मा व्यवस्था भए अनुसार सुरक्षा निकायहरु एकीकृत तथा समन्वयात्मक रूपमा परिचालन गर्न नेपाली सेना परिचालनको लागि राष्ट्रिय सुरक्षा परिषद्को मिति २०७८/१२/१७ को सिफारिस, मन्त्रिपरिषद्को मिति २०७८/१२/२४ को निर्णय तथा सम्माननीय प्रधानमन्त्रीज्यूको मिति २०७८/१२/२४ को सिफारिस बमोजिम सम्वत् २०७९ साल बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन कार्यमा नेपाली सेना परिचालन गर्न नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम मिति २०७८/१२/२९ मा स्वीकृति प्रदान गर्नुभएको छ ।”

नेपाली सेनाको परमाधिपति राष्ट्रपति हुने संवैधानिक व्यवस्था अनुसार उनले स्थानीय तहको निर्वाचनमा सेना परिचालनको स्वीकृति दिएकी हुन् ।

यस्तो छ हेर्नुहोस् राष्ट्रपति कार्यालयद्वारा जारी प्रेस विज्ञप्ति

राष्ट्रपति कार्यालयद्वारा जारी प्रेस विज्ञप्ति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !