७ बैशाख २०८१, शुक्रबार

नवनियुक्त कानूनमन्त्री गोविन्द बन्दीले सम्हाले कार्यभार


गोविन्द बन्दी

काठमाडौँ । गोविन्द बन्दीका रूपमा परिचित नवनियुक्त कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्मा (कोइराला) ले कार्यभार सम्हालेका छन् ।

राष्ट्रपति कार्यालय शितल निवासमा आज बिहीबार अपरान्ह आयोजित समारोहमा नवनियुक्त कानूनमन्त्री बन्दीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको सपथ लिएका हुन् । सपथ लिएपछि सिंहदरवारस्थित मन्त्रालय पुगेर उनले कार्यभार सम्हालेका हुन् ।

नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति भण्डारीले बन्दीलाई आजै कानूनमन्त्रीमा नियुक्त गरेकी थिइन् ।

नेपालको संविधानको ७८ को उपधारा (१) बमोजिम प्रधानमन्त्री देउवाको सिफारिसमा बन्दीलाई कानूनमन्त्री पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ । गैर सांसद बन्दी मन्त्री भएको ६ महिनाभित्र सांसद बन्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !