२२ बैशाख २०८१, शनिबार

स्थानीय निर्वाचनमा सत्ता गठबन्धनले तत्लो तहसम्मै दलीय संयन्त्र बनाउने


सत्ता गठबन्धन फाइल फोटो

काठमाडौं । सत्ता गठबन्धनका दलहरुले स्थानीय तहको निर्वाचनमा तत्लो तहसम्मै दलीय संयन्त्र बनाउने भएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको सत्ता गठबन्धनको बैठकले सो निर्णय गरेको हो ।

आज बसेको बैठकमा सत्ता गठबन्धनका शीर्ष नेताहरूले आगामी स्थानीय तहको निर्वाचनमा समन्वय गर्न तत्लो तहसम्मै दलीय संयन्त्र बनाउने निर्णय गरेका छन् ।

गठबन्धनका नेताहरूको बैठकले महानगरपालिकामा केन्द्रबाट र उपमहानगर, नगरपालिका तथा गाउँपालिकामा पार्टीहरूका सम्बन्धित तहबाटै तालमेलको निर्णय गर्ने निर्णय गरिएको छ ।

सत्ता गठबन्धनका दलहरुले स्थानीय निर्वाचनमा एकतावद्ध भएर मिलेर जाने निर्णय गरेका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण सकेर फर्किएपछि पुनः सत्ता गठबन्धनको बैठक बस्ने भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !