१९ बैशाख २०८१, बुधबार

अहिले चुनावी तालमेल आवश्यक छ, कांग्रेस गठबन्धनबाट भाग्नु हुन्न : कोइराला


सुजाता कोइराला

विराटनगर । सत्तारुढ दल नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले अहिले गठवन्धन तोड्न नहुने बताएकी छन् ।

आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा नेतृ कोइरालाले अहिले चुनावी तालमेल आवश्यक रहेको र केन्द्रीय नेतृत्वले गरेको निर्णय कार्यान्वयन गरेर जानुपर्नेमा बताइन् ।

नेतृ कोइरालाले अहिलेको परिस्थितमा कांग्रेस गठबन्धनबाट भाग्नु नहुने बताइन् । हिजोको कठिन परिस्थितिमा गठबन्धनकै कारण कांग्रेसको नेतृत्वमा सरकार बनेको उनले बताइन् ।

उनले भनिन्, “गठबन्धनको अहिल्यै तोडनु हुँदैन । मिलेरै निर्वाचन सम्पन्न गर्ने दायित्व समेत हाम्रै हो । पार्टीको केन्द्रीय समितिले जे निर्णय गर्छ, त्यसलाई मानेर अघि बढ्नुको विकल्प छैन ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !