१४ बैशाख २०८१, शुक्रबार

पूर्वमन्त्री तथा सांसद गुप्तासहित दर्जनौ एमालेमा प्रवेश


केपी शर्मा ओली र बृजेशकुमार गुप्ता

तौलिहवा । पूर्वमन्त्री तथा सांसद बृजेशकुमार गुप्तासहित विभिन्न पार्टी परित्याग गरी नेकपा (एमाले) मा प्रवेश गरेका छन् । आज कपिलवस्तुको सदरमुकाम तौलिहवामा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई स्वागत गरेका हुन् ।

कार्यक्रममा प्रदेश सांसद धर्मबहादुर श्रीवास्तव, कपिलवस्तु नगपालिका वडा नम्बर १ का वडाअध्यक्ष सुदिप पौडेल, वडा नम्बर ४ का वडाअध्यक्ष रविन्द्र त्रिपाठी, वडा नम्बर १२ का वडाअध्यक्ष ओमप्रकाश पाण्डेय बुद्धभूमि नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष नन्दलाल यादवले प्रवेश गरेका छन् ।

यसैगरी.यशोधरा गाउँपालिका वडा नम्बर ८ का वडाअध्यक्ष शहबुद्धिन मुसलमान, कपिलवस्तु नगरपालिकाका पूर्वमेयर रामदास गुप्ता, पूर्व उपमेयर वासुदेव कसौधन, कृष्नगरका युवा नेता कुनालप्रताप शाहलगायतका नेता-कार्यकर्ता नेकपा (एमाले) मा प्रवेश गरेको एमालेले सामाजिक संजाल ट्वीटरमार्फत जानकारी दिएको छ ।

 केपी शर्मा ओली


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !