१४ बैशाख २०८१, शुक्रबार

एमाले अध्यक्ष ओली र चिनियाँ विदेशमन्त्री यीवीच भेटवार्ता


केपी शर्मा ओली र वाङ यी

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र चिनियाँ विदेशीमन्त्री वाङ यीले शिष्टाचार भेटवार्ता भएको छ । आज आइतबार बिहान अध्यक्ष ओली र चिनियाँ विदेशमन्त्री यीवीच काठमाडौंको नक्साल नागपोखरीस्थित मेरियट होटेलमा भेटवार्ता भएको हो ।

भेटमा दुईपक्षीय आपसी हितका विविध विषयमा विचार-विमर्श भएको एमाले स्रोतले बताएको छ । सोही क्रममा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल लगायत नेताहरू पनि उपस्थित रहेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !