२१ बैशाख २०८१, शुक्रबार

एमाले स्थायी कमिटी बैठक बस्दै, स्थानीय निर्वाचनको कार्ययोजना बनाउने


एमाले स्थायी कमिटी बैठक फाइल फोटो

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । महाराजगञ्जस्थित रोयल दरबार रेस्ट्रो एन्ड भेन्युमा दिउँसो ३ बजे स्थायी कमिटी बैठक बस्ने केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले बताए ।

आज बस्न लागेको एमाले स्थायी कमिटी बैठकले आशन्न स्थानीय तहको निर्वाचनको कार्ययोजना तय गर्ने भएको छ । बैठकमा हालै सम्पन्न केन्द्रीय कमिटीको तेस्रो बैठकबाट पारित विषयवस्तुका आधारमा स्थानीय निर्वाचन केन्द्रित ठोस कार्ययोजना बनाएर पार्टी पंक्तिलाई निर्वाचनमा परिचालन गर्ने योजना बनाइने रिजालले जानकारी दिए ।

एमाले स्थायी कमिटीमा पदाधिकारीसहित ४५ सदस्य छन् भने ४ जना पदेन सदस्य छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !