२० बैशाख २०८१, बिहिबार

सर्लाही झडपमा घाइते भएका सांसदलाई थप उपचारका लागि काठमाडौं ल्याइयो


प्रमोद साह

जनकपुर । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतक एवं केन्द्रीय सदस्य प्रमोद साहमाथि आक्रमण भएको छ । जसपाका सांसद समेत रहेका साहमाथि सडककाे विषयलाई लिएर सर्लाहीको ईश्वरपुर नगरपालिका बयलबास बजारमा आज बिहान १० वजे संघातिक आक्रमण भएको हो ।

सांसद साहको टाउकोमा गहिरो चोट लागेकोले स्थानीय अस्पतालमा उपचारपछि थप उपचारका लागि काठमाडौँ ल्याइएको छ । बयलबास बजारमा सडक विस्तार गर्ने क्रममा केही दिनअघि फुलजोर युवा क्लबको भवन भत्काइएको थियो ।

स्थानीय युवाले क्लबकाे भवन साेही ठाउँमा बनाउनुपर्ने भनिरहँदा सांसद साहले अर्को ठाउँमा बनाउनुपर्ने बताएपछि दुई पक्षबीच विवाद भएकाे हाे । साेही विवादका क्रममा झडप भएको प्रहरीको भनाइ छ ।

उनका साथमा रहेका सुरक्षा गार्डलाई पनि कुटपिट भएको बताइएको छ । गार्डको पेस्तोल पनि खोसिएको बताइएको छ । उक्त घटनाको बारेमा थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।

यस्तो छ हेर्नुहोस् जसपा नेपालले निकालेको प्रेस विज्ञप्ति

सपा नेपालले निकालेको प्रेस विज्ञप्ति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !