४ जेष्ठ २०८१, शुक्रबार

स्थानीय सरकारले जनताको मन जितेर काम गर्नुपर्छ : प्रधानमन्त्री देउवा


शेरबहादुर देउवा

दमौली । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय सरकारले जनताको मन जितेर काम गर्नुपर्ने बताएका छन् । तनहुँको ऋषिङ गाउँपालिकाको नवनिर्मित भवनको आज उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले स्थानीय सरकार जनताको घरदैलोको सरकार भएकाले जनउत्तरदायी भएर काम गर्नुपर्ने उल्लेख गरे ।

गाउँपालिकाले निर्माण गरेको प्रशासकीय भवनको उनले उद्घाटन गरेका हुन् । सो अवसरमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमन्त्री डा. मिनेन्द्र रिजाल लगायतले मन्तव्य राखेका थिए ।

ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जनताको भावनालाई बुझेर गाउँपालिकाले काम गरिरहेको बताए । ३ करोड ६१ लाखको लागतमा भवन निर्माण गरिएको हो । विसं २०७६ असोज १६ गतेदेखि भवन निर्माणको काम सुरु गरिएको थियो ।

तत्कालीन गाउँ विकास समितिको पुरानो भवनबाट सेवा प्रवाह गर्दै आएको गाउँपालिकाले जनप्रतिनिधि निर्वाचित भएर आएपछि नयाँ भवन निर्माण थालेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !