२१ बैशाख २०८१, शुक्रबार

एमाले बैठक : चुनावी घोषणापत्र तयार गर्न कार्यदल गठन


एमाले केन्द्रिय कमिटी बैठक फाइल फोटो

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठकले स्थानीय तह निर्वाचनको घोषणापत्र तयार गर्न कार्यदल गठन गरेको छ । बैठकले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा कार्यदल बनाएको हो ।

कार्यदलमा युवराज ज्ञवाली, प्रदीप ज्ञवाली र विष्णु रिमाल, देवेन्द्र दाहाल, प्रभु साह, मनोजजंग थापा, युवराज खतिवडा, प्रभा बराल, दिनेशचन्द्र देवकोटा र सुशील ज्ञवाली सदस्य छन् ।

घोषणापत्रको मस्यौदा सचिवालय बैठकमा प्रस्तुत गर्ने जिम्मेवारी कार्यदलले पाएको छ । बैठक आउँदो वैशाख ९ गते घोषणापत्र जारी गर्ने निर्णय गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !