२१ बैशाख २०८१, शुक्रबार

म अध्यक्ष ओलीको इनर्जी देखेर एमालेमा आएको हुँ : करिश्मा मानन्धर


करिश्मा मानन्धर

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले देशको विकास र समृद्धिका लागि एमालेबाट राजनीति गर्ने सोचका साथ पार्टी प्रवेश गरेको बताएकी छन् ।

आज एमाले प्रवेश गर्दै अभिनेत्री मानन्धरले अध्यक्ष केपी शर्मा ओलीको भाषण सुनेर आफू कहिल्यै नथाक्ने बताइन् ।

काठमाडौंमा मंगलबार आयोजित पार्टी प्रवेश कार्यक्रममा अभिनेत्री मानन्धरलाई अध्यक्ष ओली, महासचिव शंकर पोखरेलले एमालेमा स्वागत गरेर हुन् ।

अभिनेत्री करिश्माले बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबाट राजनीति सुरु गरेकी हुन् ।

अभिनेत्री मानन्धरले यस क्षेत्रमा आफूले राम्रै पहिचान पाएको बताउँदै यही पहिचान सबैथोक होइन, यसको बारेमा आफ्नो मनमा प्रश्न उठेको बताइन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !