२२ बैशाख २०८१, शनिबार

वामपन्थी पार्टीहरूबीच एकता गर्नुपर्छ : घनश्याम भुसाल


घनश्याम भुसाल

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेका नेता घनश्याम भुसालले वामपन्थी पार्टीहरूबीच एकता गरेर जानुपर्ने विषय राखेका छन् । सोमबार काठमाडौंमा बसेको एमाले पोलिटब्युरो बैठकमा उनले यस्तो बताएका हुन् ।

वामपन्थी दलहरूबीच एकता गर्दै जानुपर्ने र त्यसमा अध्यक्ष केपी शर्मा ओलीले पहलकदमी लिनुपर्ने उनले बताए । नेता भुसालले वाम एकता गर्नुपर्नाका चार वटा प्रमुख कारण रहेको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !