७ बैशाख २०८१, शुक्रबार

माओवादी परित्याग गरेका सांसद विष्ट आज एमालेमा प्रवेश गर्दै


ठम्मर विष्ट

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) परित्याग गरेका प्रदेश सभा सदस्य ठम्मर विष्ट आज नेकपा एमालेमा प्रवेश गर्दै छन् । मओवादीभित्र अन्याय भएको भन्दै कर्णाली प्रदेश सभा सदस्य, पार्टी र प्रमुख सचेतकको जिम्मेवारीबाट राजीनामा दिएका विष्ट आज एमालेमा प्रवेश गर्ने भएका हुन् ।

आज बिहान ११ बजे वीरेन्द्रनगरको सिटी हलमा आयोजना गर्ने भनिएको वृहत भेलामार्फत उनलाई पार्टी प्रवेश गराउने कार्यक्रम रहेको छ । उनलाई नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेल पार्टी प्रवेश गराउने कार्यक्रम रहेको छ ।

विष्टसहित थप केही जिल्ला कमिटिका सदस्यहरु समेत एमालेमा प्रवेश गराउने तयारी भइरहेको नेकपा एमाले कर्णालीले जनाएको छ । प्रमुख सचेतक रहेकै समयमा उनले फागुन २७ गते पार्टीबाटै राजीनामा दिएको घोषणा गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !