२१ बैशाख २०८१, शुक्रबार

जसपा केन्द्रीय समितिको बैठक सुरु


जसपा नेपालको केन्द्रीय समितिको प्रथम बैठक

काठमाडौं । जनता समाजवादी पार्टीको केन्द्रीय समिति बैठक सुरु भएको छ । कालिकास्थानस्थित अमृत भोग पार्टी प्यालेसमा सुरु भएको बैठकमा विधान अधिवेशनसम्बन्धी प्रस्ताव र संगठनात्मक प्रस्तावमाथि छलफल हुने नेता मनिष सुमनले जानकारी दिए ।

छलफलपश्चात सहमति भए सोमबारकै बैठकमा दुवै प्रस्ताव पारित गर्ने जसपाले जनाएको छ । यसअघि आइतबारको बैठकमा स्थानीय तह निर्वाचन निर्देशिका र समसामयिक राजनीतिक प्रस्ताव पारित भएको छ । सोमबारदेखि केन्द्रीय समिति बैठक सुरु भएको हो ।-न्युज कारखाना


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !