९ असार २०८१, आइतबार

कांग्रेसले एक महिने चुनावी अभियान आजदेखि शुरु हुँदै


नेपाली काँग्रेस

काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसको एक महिने चुनावी अभियान आजदेखि शुरु हुँदै छ । स्थानीय तहको आगामी निर्वाचन लक्षित १ महिने चुनावी अभियान आज आइतबारबाट शुरु हुन लागेको हो । उक्त अभियान फागुन २९ गतेदेखि शुरु भएर चैत २९ गतेसम्म जारी रहने छ ।

कांग्रेसले स्थानीय तहको निर्वाचनका लागि आजदेखि एक महिने ‘घर-घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान प्रारम्भ गर्न लागेको हो । उक्त अभियानको उद्घाटनका लागि पार्टीले खटाएका केन्द्रीय प्रतिनिधि ७७ वटै जिल्लामा पुगिसकेको काँग्रेस प्रवक्ता प्रकाशशरण महतले बताए ।

यसैगरी ‘हरेक काँधलाई भारी, हरेक हातलाई जिम्मेवारी’ को नीति साथ पार्टीको विधानमा व्यवस्था गरिएका विभिन्न जिम्मेवारी बाँडफाँट गरेर पार्टी पङ्क्तिलाई स्थानीय निर्वाचनमा बृहत्तर परिचालनतर्फ उन्मुख गराउने उनले बताए ।

स्थानीय निर्वाचनमा कांग्रेसलाई विजयी गराउन वडा र टोल तहसम्म पार्टीभित्र सौहार्दता, एकता र ऊर्जा अभिवृद्धि गर्ने, कांग्रेसका उम्मेदवारलाई विजयी गराउन मतदातालाई अपिल गर्ने अभियानको उद्देश्य रहेको प्रवक्ता महतले बताए ।

कांग्रेसको नेतृत्वमा विगतमा हासिल राजनीतिक र आर्थिक उपलब्धि जनसमक्ष विस्तारितरूपमा राख्ने, विगतमा नेकपाको नेतृत्वको सरकारको गत तीन वर्षे कार्यकालमा भएका जनभावना विपरीतका गतिविधि, असंवैधानिक कदम र भ्रष्टाचार प्रकरण जनतासमक्ष व्यापकरूपमा राख्ने कांग्रेसको अभियान छ ।

यो पनि पढ्नुहोस्

कांग्रेसले शुरु गर्दै ‘घर-घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान

तत्कालिन ओली सरकारको भण्डाफोर गर्ने चुनावी एजेण्डामा कांग्रेस

काँग्रेसको चुनावी मूल एजेण्डा : ओली सरकारका पालामा भएका असंवैधानिक काम तथा भ्रष्टाचार भण्डाफोर गर्ने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !