७ बैशाख २०८१, शुक्रबार

काँग्रेसको चुनावी मूल एजेण्डा : ओली सरकारका पालामा भएका असंवैधानिक काम तथा भ्रष्टाचार भण्डाफोर गर्ने


कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति

काठमाडौं । नेपाली कांग्रेसले घरदैलो अभियानका लागि केन्द्रीय प्रतिनिधि खटाएको छ । निर्देशनसंगी ७७ जिल्लामा स्थानीय तह निर्वाचनकेन्द्रित घरदैलो अभियान सञ्चालन गर्ने भएको छ ।

एक नेताका अनुसार कांग्रेसले यही फागुन २९ देखि चैत २९ गतेसम्म एक महिना ‘घरघर जाऔं कांग्रेस जिताऔं’ अभियान सञ्चालन गर्दैछ । एक नेताका अनुसार ०७९ वैशाख ३० मा हुने स्थानीय चुनावका लागि मतदातालाई अपिल गर्नेदेखि एमसिसीका बारेमा रहेका भ्रम चिर्नेसम्म काम केन्द्रीय प्रतिनिधिले गर्नुपर्नेछ ।

त्यस्तैगरी नेकपा सरकारका पालामा भएका जनविरोधी र असंवैधानिक काम तथा भ्रष्टाचार भण्डाफोर गर्ने जिम्मेवारी पनि छ । एमसिसीबारेका भ्रम चिर्न बुँदाबुँदामा छलफल गरेर बुझाउनसमेत कांग्रेसले केन्द्रीय प्रतिनिधिलाई निर्देशन दिएको छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !